यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ।

संखुवासभाको खाँदबारीमा ५७।६ मिलिमिटर वर्षा मापन भएको छ। तुम्लिङटारमा ५२ मिलिमिटर, तार्केघाटमा ३०।६ मिलिमिटर, इलामको कन्याममा ४३।४ मिलिमिटर, हिमाली गाउँमा ४८ मिलिमिटर वर्षा भएको छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ।

राति कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।