महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीले कँडेललाई महान्यायाधिवक्ता सिफारिस गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा नियुक्त जानकारी प्राप्त भएको बताए।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।
उनी २०६० सालपछि वकालत पेसामा संलग्न भएका थिए।


