चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा शुक्रबार रिट दायर भएको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले उक्त निवेदन दर्ता भएको बताइन् ।
अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन् ।
चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा , लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।
उक्त फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिकरुपमा विभेदकारी देखिने कथा तयार गरि सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई खलल पार्ने जनाउँदै निवेदकले यसले सम्पूर्ण पुरुषलाई असर गरेको, सामाजिक वितृष्णा फैलाएको बताउँदै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।
अन्नपूर्ण शर्मा को शीर्ष भूमिका रहेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।

