काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई भक्तपुर स्थित गुण्डुबाट पक्राउ गरेको हो । ओलीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले खबरग्रामलाई बताए ।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारि गरेको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौंको बानेश्वरमा किशोरहरुमाथी गोली प्रहार गरेको घटनामा आयोगले उनीहरुलाई जिम्मेवार भनेको छ ।
जेनजी प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो ।




