पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले खबरग्रामलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीबिरुद्ध बैयक्तिक गोपनियता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । सो जाहेरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन् ।

साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।