काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न सुटरलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक गुड्डु पटेल छन् ।
काठमाडौंको टोखामा जम्काभेट हुँदा भाग्न खोजेपछि गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले खबरग्रामलाई बताए ।
उनलाई पक्राउ गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४ राउण्ड गोली चलाएको हो । आरोपीलाई खुट्टामा गोली लागेको एसएसपी बस्नेतले जानकारी दिए । उनले भने, ‘पटेललाई उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा पठाएका छौं ।’
गुड्डु भारतिय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भुमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुईजना मध्ये डुड्डु एक हुन् ।’
२०८१ वैशाख १७ मा पर्साको बिरगञ्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो ।






Leave a Reply