७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप छ।
बिहीबार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
मुद्दामा उनीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको अभियोग लगाइएको छ।

महरासहितका प्रतिवादीहरुले उक्त कार्यमार्फत राज्यलाई नोक्शानी पुर्‍याई व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको पनि प्रवक्ता लामिछानेले बताए।
२०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो।