पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेलरमट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६।५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेलरमट्टितेल २०४।५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

निगमलाई घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु।१७।०० डिजेलरमट्टितेलमा प्रति लिटर रु।२५।०० तथा एल।पि। ग्यासमा प्रति सिलिण्डर रु।१०० र हवाई इन्धन आन्तरिक तर्फ रु।६।०० ले वृद्धि गरिएको छ’ निगमले भनेको छ ।
अब १४,२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिक पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।