सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीमा लागू नहुने

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।यात्रुवाहक सवारी साधनमा १६,७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१,६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५,७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०।८३ रुपैयाँ प्रतिलिटर थियो ।