आसन्न प्रतिनिधिसभा चुनावको क्रममा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
चुनावमा खटिएका प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री अर्यालले भने, ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने ।’
त्यस्तै, चुनावका सुरक्षार्थ खटिने क्रममा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
