कठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रूपैयाँको बजेट विनियोजन गरिएको हो।
बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले भौतिक पूर्वाधारका लागि सबभन्दा बढी २४ अर्ब ८० करोड १९ लाख रूपैयाँ बजेट विनियोजन गरएको बताए।
खानेपानी तथा सिँचाइमा ७ अर्ब २८ करोड ७१ लाखस शिक्षा र सामाजिक विकासका लागि ४ अर्ब ३५ करोड ९७ लाख, वन, वातावरण तथा जलवायुतर्फ ३ अर्ब ९९ करोड ६७ लाख, स्वास्थ्य सेवातर्फ ३ अर्ब ९६ करोड ८८ लाख, भाषा, कृषितर्फ २ अर्ब ६३ करोड ४२ लाख, युवा तथा खेलकुदमा १ अर्ब १६ करोड, श्रम तथा रोजगारमा ८७ करोड ४१ लाख, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमा ७७ करोड ९६ लाख बिनियोजन गरिएका छ ।
त्यस्तै, आन्तरिक मामिला मन्त्रालयका लागि ६२ करोड ११ लाख र सहकारी तथा गरिबी निवारणमा २८ करोड ७८ लाख रूपैयाँ विनियोजन गरिएको छ।संस्कृति, पर्यटनका लागि ३ अर्ब ६७ स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड २५ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड ८८ लाख, प्रदेश समपूरक अनुदानतर्फ २ अर्ब ७९ करोड ८६ लाख, विशेष अनुदान ७६ करोड ३० विनियोजन गरिएको छ।
सवारी साधन करको बाँडफाँटबाट ५ अर्ब ५० करोड हस्तान्तरण हुने बागमती प्रदेश सरकारको अनुमान छ। राजस्व बाँडफाँट वित्तीय हस्तान्तरणतर्फ १४ अर्ब १५ करोड ८९ लाख अनुमान गरिएको छ।करोड ७० लाख विनियोजन गरिएको छ।





Leave a Reply