बनेपामा कजारियाको नयाँ सोरूम उद्घाटन

बनेपा । कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै काभ्रेको बनेपामा नयाँ विशेष सोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एन्ड स्यानिटरीद्वारा सञ्चालित यस सोरूमले बनेपा तथा आसपासका क्षेत्रमा टायलको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ ।

उक्त कार्यक्रमले कजारियाको निरन्तर विस्तार यात्रा र नेपाली बजारप्रति कम्पनीको दृढ प्रतिबद्धता जनाएको छ ।
रणनीतिक रूपमा बनेपामा अवस्थित यस नयाँ सोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरूको विस्तृत र सुसज्जित प्रदर्शन गरिएको थियो । यहाँ ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाएका थिए ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।