संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा ...

काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिट सोमबारका लागि ...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले २८ अर्ब लिनुको कारण र खर्च हुने क्षेत्रबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।ुुबहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू मिलेर यस्तो निर्णय गरेर हुँदैन । हरेक कुरा सदनमा जानकारी हुनुपर्छ । यो ऋणको प्रयोजन र ...

सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठक केहीबेर अघि सकिएको छ ।बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि ...

काठमाडौँ – सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। ...

नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । ...

महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। प्रधानमन्त्रीले कँडेललाई महान्यायाधिवक्ता सिफारिस गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा नियुक्त जानकारी प्राप्त भएको बताए। सरकारको सिफारिसमा ...

कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही ...

काठमाडौं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकका तर्फबाट दायर भएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको ‘कारण देखाउ आदेश’ पछि सरकारका तर्फबाट जवाफ आएकाले संभवतः आइतबार उक्त ...

काठमाडौं । नेपाली कांग्रेसको संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एक महिने जरा अभियान’ थालनी गरेको जनाएको छ । यस कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा ...