ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिट सोमबारका लागि हेर्दाहेर्दैमा राखेका हुन्।

ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको आधारमा सरकारले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई कारबाही गर्ने निर्णय गरेअनुसार उनीहरू पक्राउ परेका हुन्।