प्रधानमन्त्रीले भने- ‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन्।

बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।

बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यसबेलमा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन।

अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन्।