योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। गुणाकर भट्ट नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए। गभर्नर हुने चर्चाबीच उनले उक्त पदबाट राजीनामा दिएका थिए। भट्टले राष्ट्र बैंकमा २५ वर्ष विताएका थिए।
भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए।
भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। साथै कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा भट्ट सल्लाहकार पनि थिए।

भट्ट