काठमाडौँ – सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। ...
नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । ...
महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। प्रधानमन्त्रीले कँडेललाई महान्यायाधिवक्ता सिफारिस गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा नियुक्त जानकारी प्राप्त भएको बताए। सरकारको सिफारिसमा ...
कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही ...
काठमाडौं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकका तर्फबाट दायर भएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको ‘कारण देखाउ आदेश’ पछि सरकारका तर्फबाट जवाफ आएकाले संभवतः आइतबार उक्त ...
काठमाडौं । नेपाली कांग्रेसको संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एक महिने जरा अभियान’ थालनी गरेको जनाएको छ । यस कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा ...
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।अर्याल शुक्रबार नै ...
नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा प्रचण्डले महाधिवेशन सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।प्रतिवेदनको १३ नम्बर ...
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको ...
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ले बिहीबार प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका विचार पार्टीको स्थापित नीति र मान्यताविपरीतु भन्दै एमाले नेताहरूले नै आपत्ति जनाएका छन्। बादलको भनाइमा आपत्ति जनाउनेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराई छन्। उपाध्यक्ष ...









