कांग्रेसको प्रतिज्ञापत्र- प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकाल, संघमा १६ मन्त्रालय

नेपाली कांग्रेसका सभापति गगन थापाले दुई कार्यकाल मात्रै प्रधानमन्त्री र मुख्यमन्त्री बन्न पाउने व्यवस्था लागू गरिने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्‍‍दा बढी बन्न नपाइने गरी नीति कार्यान्वयन गरिने बताएका हुन्।

संघमा १६ र प्रदेशमा ६ वटामात्रै मन्त्रालय राख्न पाउने व्यवस्था गरिने उनले बताए।

‘कसैले पनि प्रदेशमा गठबन्धन मिलाउन पर्‍यो त्यसकारण मन्त्रालयको संख्या बढाउनु पर्‍यो भन्न कसैले पाउँदैन,’ उनले भने।

सभापति थापाले नियुक्तिमा अब दल होइन अब्बल नीति कार्यान्वयन गरिने पनि‍ बताए।

उनले कांग्रेसले संवैधानिक नियुक्तिहरूमा भाग नखोज्ने पनि बताए।

‘कहिँ पनि अब पाँच वर्षको दौरानमा संवैधानिक आयोगमा बसेर भागबन्डा माग्न गयो। विश्वविद्यालयमा बसेर भागबन्डा माग्न गयो भन्ने कुरा अब सुन्नुपर्ने छैन,’ उनले भने।
यी कुराहरूका गर्नका लागि संस्थागत सुधार आवश्यक हुने पनि उनले बताए।

‘संस्थागत सुधार कसरी गर्ने भन्ने पनि राखेका छौं,’ उनले भने।