२७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । फागुन २१ मा भएको निर्वाचनबाट उक्त संख्यामा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, समावेशीमा आदिवासी जनजाति समूहतर्फ २१।०९, खसआर्य समूहतर्फ ४९।०९ निर्वाचित भएका छन् ।
थारु समूहतर्फ ३।२७, दलित समूहतर्फ ६।१८, मधेसी समूहतर्फ १६।७३ र मुस्लिम समूहतर्फ ३।६४ प्रतिशत सदस्य निर्वाचित भएको उनले बताए ।





