
काठमाडौं । चितवनबाट शुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विधार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान शुरु गरेको थियो । माघ ११ मा चितवनबाट शुरु गरिएको अभियान बागमती प्रदेशका सवै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी नरेश खबरग्रामलाई बताए ।
अभियान अन्तर्गत सामुदायिक तथा निजी बिद्यालयका शिक्षकरुलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरुले हरेक हप्ता एउटा कक्षाका विधार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ ।
चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका ७ वटा स्थानिय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्युनिकरणमा देखिएका समस्या, चुनौति र जवाफदेहिताको क्षेत्रबारे शिक्षकहरुलाई प्रशिक्षण दिइन्छ ।
प्रशिक्षणको आधारमा शिक्षकरुले विद्यार्थीहरुलाई ट्राफिक नियम पालना गर्ने र दुर्घटनाबाट जोगिनेबारे कक्षाकोठामा सिकाउँछन् । सडक नियमबारे विधार्थीलाई पढाउन पाठ्यसामग्री पनि उपलब्ध गराउने लक्ष्य राखिएको एसपी सुवेदीले जानकारी दिए ।
ट्राफिक नियम ‘जिवन मरणको नियम’ भएको हुनाले शिक्षहरुले कक्षाकोठामा सो नियम सिकाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इनस्पेक्टर गायत्रीराज शर्माले बताए । उनले भने, ‘सवारी नियमको ज्ञान विद्यार्थीसम्म लैजाने उद्देश्यले यो अभियान शुरु गरिएको हो ।’
विद्यार्थीलाई सडक नियम सम्बन्धी शिक्षा प्रदान गरेमा दुर्घटना न्युनिकरण गर्न सकिने बताइएको छ । दुर्घटना न्युनिकरण गर्न बागमती प्रदेशमा चालक प्रतिबद्धता, शारिरिक परिक्षण, यान्त्रिक परिक्षण र लापसे परिक्षण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, सडक प्रयोगकर्ताको प्रवृत्तिमा सुधार गर्नु ठुलो चुनौतिको रुपमा देखिएको एसपी सुवेदीले जानकारी दिए ।



Leave a Reply