मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताएका छन् ।
मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास व्यक्त गरे । ‘जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ’ उनले भने, ‘दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन् ।’
दुुई सय श्यैयाबाट तीन सय श्यैयामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् भन्ने शुभकामना दिँदै उनले भने, ‘सरकार आवश्यक सहयोग गर्न तयार छ ।’
अस्पतालका अध्यक्ष एवं मोरङ–५ का सङ्घीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारीवृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्ने बताए ।




Leave a Reply