आइसिसीको पहिलो उपाधि जित्न दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले दियो २८२ रनको लक्ष्य

विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको छ।

इंग्ल्यान्डको लण्डनस्थित लर्ड्स मैदानमा भइरहेको यो खेलमा अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा २१२ रन बनाएको थियो । जसमा स्टीभ स्मिथले ६६ र ब्यू जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा १३८ रनमै समेटियो ।

जसले अस्ट्रेलियालाई पहिलो पारीमा ७४ रनको अग्रता दिलाएको थियो। दक्षिण अफ्रिकाका लागि कोहो ब्याटरले पनि अर्धशतक बनाउन सकेनन्। बलिङमा अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ६ विकेट लिए भने मिचेल स्टार्कको नाममा २ विकेट रह्यो।

अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २०७ रन बनाएर अलआउट भयो। जसले पहिलो पारीको ७४ रनको अग्रतासहित कुल २८१ रनको अग्रता प्राप्त गर्‍यो। यसबाट दक्षिण अफ्रिकालाई जितका लागि २८२ रनको लक्ष्य प्राप्त भएको हो।वेबस्टरले ७२ रन बनाए। दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र मार्को जेन्सनले ३ विकेट लिएका थिए।

अस्ट्रेलियाको दोस्रो पारीमा मिचेल स्टार्कले नटआउट ५८ रन बनाए, र उनले दशौं विकेटका लागि जोश हेजलवुडसँग ५९ रनको महत्त्वपूर्ण साझेदारी गरे। दक्षिण अफ्रिकाको बलिङमा कागिसो रबाडाले ४ विकेट र लुंगी एनगिडीले ३ विकेट लिए। रबाडाले दुवै पारीमा गरी कुल ९ विकेट हासिल गरे, जुन उनको उत्कृष्ट प्रदर्शन हो ।

तेस्रो दिनको लन्चपछि दक्षिण अफ्रिकाले दक्षिण पछ्याएर ब्याटिङ सुरू गर्नेछ। लर्ड्सको पिचमा २८२ रनको लक्ष्य पछ्याउन दक्षिण अफ्रिकालाई कठिन चुनौती छ। कप्तान बावुमा र बेडिङहमको अनुभव खेल रोमाञ्चक हुने सम्भावना छ।

यस खेलमा अस्ट्रेलिया दोस्रो पटक उपाधि जित्ने प्रयासमा छ। दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो  भने पहिलो आइसिसी मुख्य प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ।