नागढुंगामा माइक्रोबस दुर्घटना

काठमाडौं । नागढुंगा चेकप्वाइन्ट नजिकै पिप्लामोडमा हाइस माइक्रो दुर्घटना भएको छ । चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

प्रहरीले दुर्घटनास्थलबाट १९ जना यात्रुको उद्धार गरेको छ । माइक्रो सड्कबाट करिब १३० फिट तल खसको छ ।

प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरी नेतृत्वको टिमले घाइतेहरुलाई उद्धार गरेको हो । घाइतेहरुलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पठाइएको छ ।