काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
“पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् ।
नामावली पढ्नोस्–
जनजाति चारजना
महिला
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खसआर्य पाँचजना
महिला
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल
पुरुष
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल
थारू
कृपाराम राना
दलित
महिला
– विष्णुमाया विक
– नीता घतानी
मधेसी
महिला
– रिङ्ला यादव
– यशोधाकुमारी यादव
पुरुष
– चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला
– साजिदा सिद्दिकी
यही फागुन २१ गते भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ । प्रत्यक्षतर्फ एमालेका नौ उमेदवार विजयी भएका थिए । योसँगै प्रतिनिधिसभामा एमालेका कुल २५ सांसद हुनेछन् ।





