राष्ट्रिय स्वतन्त्र पार्टी ले नयाँ सरकार गठनको प्रक्रिया थालेको छ । शीर्ष नेताहरू बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनको छलफलमा जुटेका छन् ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष मतपरिणामको प्रतिवेदन पेस गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफलमा १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी सहमति गरेका हुन्
बिहीबार बेलुका रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले १३ चैतमा नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने विषयमा सहमित जनाएका हुन् ।
१३ गते नै मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल भए कोपनि नेताले बताए ।




