लागू औषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाऔं : गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणका लागी लागुऔषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाण्डौमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए ।

लागू औषध चुनौतिको रुपमा देखिएको र त्यसले युवाहरुमा नकरात्मक असर पारेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘
सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’

लागूऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए ।

लागू औषध प्रयोगकर्ताको जीवन समाप्तीतर्फ गएको र परिवार नै पीडामा पर्नेगरेको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘समाजमा अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागूऔषध छ ।’