काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल विदेश गएका छन् । उनिहरु व्यवासायिक फुटवल खेल्न विदेश गएका हुन् । दुवै खेलाडी फागुन १५ मा विदेश फर्किएको अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।
उनिहरु घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न नेपाल आएका थिए । साम्बा हाल युरोप र रेखा युएईमा ब्यवसायीक फुटवल खेल्छन् ।
फागुन १४ मा सकिएको च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो । उपाधी भिडन्तमा नेपाललाई म्यानमारले २–० को गोल अन्तरले हराएको थियो । पराजयसँगै १३ वटा फाइनल खेलेको नेपालले उपाधी हात पार्न सकेन् ।
साम्बा फ्रान्सको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब एन अभान्ट ग्वेंगाम्पमा आबद्ध छिन्। साम्बा युरोपको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
रेखा युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध छिन्। त्यहाँको घरेलु लिगसहित रेखाले एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट समेत खेलिकी थिइन्। उनले छनोटमा गोल गर्दै एएफसी वुमन्स च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।
यता गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा भने शुक्रबार ग्रिस फर्कने भएकी छिन्। गोलकिपर एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब निस अट्रोमिटौमा आबद्ध छिन्।





Leave a Reply