काठमाडौं । काभ्रेको खानिखोला गाउँपालिका–५ मा एकजना युवकले आफ्नी आमा सहित दुईजनालाई चिर्पट र चुप्पी प्रहार गरेका छन् ।
खानिखोला घर भएका २८ वर्षीय विकाश भुजेलले आमा सुनमाया भुजेललाई चिर्पट प्रहार गरेका हुन् ।
उनले गाउँपालिकाको कार्यालयमा कार्यरत नगर प्रहरी ३० वर्षीय पाल्साङ लामालाई पनि चुप्पी प्रहार गरेका छन् ।
आक्रमणबाट दुवैजना घाइते भएका छन् । आक्रमणमा संलग्न विकाश भुजेल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेश कुँवरले खबरग्रामलाई बताए ।
सुनमायाको स्थानिय तालढुंगा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाल्साङलाई उपचारको लागी धुलिखेल अस्पतामा ल्याइएको इन्स्पेक्टर कुँवरले जानकारी दिए ।
आक्रमणमा संलग्न विकाश भुजेल गाउँमा राँगा काट्ने काम गर्दै आएका थिए । उनले मादक पदार्थ सेवन गरेर आक्रमण गरेको थाहा भएको छ ।






Leave a Reply