किया कम्पनीको ‘क्लाभिस’ भारतीय बजारमा सार्वजनिक

किया कम्पनीको नयाँ गाडी ‘क्लाभिस’ भारतीय बजारमा सर्वजनिक गरिएको छ।

वैशाख २५ मा सार्वजनिक गरिएको यो गाडी यस अघिको मोडल कारेन्स गाडीको सुधारिएको र महँगो संस्करण भएको जनाइएको छ।

यो गाडीको बाहिरी भागमा चम्किला बत्तीहरू छन् (एलइडी हेडलाइट्स र डिआरएल) जसले रातमा पनि राम्रो देखिन्छ।

यो गाडीलाई धेरै सुविधायुक्त गाडीको रूपमा हेरिएको छ। १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट छ। चालकलाई जानकारी दिन अर्को स्क्रिन (१२.३ इन्च डिजिटल चालक डिस्प्ले) रहेको छ।

गाडीमा दुईवटा चिसो हावा दिने यन्त्र छन्। यसले गाडी र पछाडिको सिटमा बस्ने यात्रुलाई छुट्टाछुट्टै चिसो बनाउँछ।

यो गाडीमा ३६० डिग्री क्यामेरा, आठ–स्पिकरको साउन्ड सिस्टम रहेका छन्।

गाडीलाई अगाडि ठोक्किनबाट जोगाउने लेभल २ एडास रहेको छ। गाडीमा ६ वटा एयरब्याग रहेको छ।
यो गाडीमा तीन प्रकारका इन्जिन छन्।

भारतमा यो गाडीको मूल्य ११ लाखदेखि २१ लाख भारतीय रूपैयाँ तोकिएको छ।