काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । वैशाख ३० मा त्रिशुलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदिक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
दुवैजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सदिक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहिबार फेला परेको थियो ।
शनिवार धादिङको गल्छि स्थित त्रिशुलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।




Leave a Reply