समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन दलले कति सिट पाउँछन्?

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले अद्यवधिक गरेको विवरणअनुसार बुधबार बिहान सम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ। यो भनेको ४७ प्रतिशत हाराहारी हुन आउँछ।
त्यस्तै नेपाली कांग्रेसले१७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ। उसले पाएको मत गणना भएको कुल मतको १६ प्रतिशत हाराहारी हो।

नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत पाएको छ। उसले पाएको मत १३ प्रतिशत हाराहारी हो। त्यस्तै नपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ। उसले ७ प्रतिशत हाराहारीमा मत ल्याएको छ।

श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ। उसले पाएको मत कुल गणना भएको मतको ३ प्रतिशत हाराहारी हो।
जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६ मत पाएको छ। यो १ प्रतिशत हाराहारी हो।

प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत पाउने दलहरूले राष्ट्रिय मान्यता पाउँछ। यस हिसाबमा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिन्छ।

फागुन २१ गते भएको निर्वाचनमा १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। यस हिसाबमा २ लाख ७० हजार बढी मत गणना मात्रै हुन बाँकी छ।