पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच बनाएर आफ्नो कम्पनीलाई ठेक्का पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोक केसीले खबरग्रामलाई बताए ।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो । २०७९ मा उनी सहरी विकाश मन्त्री भएका थिए ।