काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अछामको साँफेबगर पुगेका छन् । नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत उनी अछाम पुगेका हुन् । साँझेबगरमा आयोजित सभालाई प्रचण्डले सम्बोधन गरेका छन् ।
अछाममा आयोजित सभामा सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता गिरीराजमणी पोखरेल पनि सहभागी छन् ।माओवादी केन्द्रले पछिल्लो सयम देशब्यापी अभियान सञ्चालन गरिरहेको छ ।
यसअघि तराई केन्द्रित जागरण अभियान पुरा गरेर माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रिय अभियाने शुरु गरेको हो । अभियान डडेलधुराबाट शुरु भएको थियो ।



Leave a Reply