विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन भएको छ।

सामाजिक सञ्जाल मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका छन् ।
स्वीट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलन भएको थियो। जारी सम्मेलनका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्य बनेको हो ।

नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। पौडेलले यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार गर्दै विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए ।