काठमाडौं । ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएर स्वम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक छन् ।
आरोपीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले खबरग्रामलाई बताए । चिडियाखान घुम्ने बहानामा गएका उनिहरुले वैशाख ३० मा रेडपाण्डालाई समातेर झोलामा राखेर बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीमा संलग्न मोहमद ताफिक स्वयम्भु क्षेत्रमा चराचुरुङ्गीको व्यवसाय गर्छन् । उनले कृष्ण गुरुङको सहयोग लिएर दोस्रो प्रयासमा रेडपाण्डालाई समातेर चिडियाखाना बाहिर लैजान खोजेपनि पाण्डा कराएर भाग्दै रुखमा चढेपछि उनिहरु असफल भएका हुन् ।
आरोपीहरु बिरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।






Leave a Reply