झापामा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ


काठमाडौं । झापामा प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको किसनगञ्ज घर भएका ३६ वर्षीय महम्मद ईस्लामलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी कृष्ण कोइरालाले खबरग्रामलाई बताए ।

भद्रपुर नगरपालिका–५ मा नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपनि उनलाई गोली प्रहार गरिएको एसएसपी कोइरालाले दावी गरेका छन् । प्रहरीले प्रहार गरेको दुई राउण्ड गोलीमध्ये एक राउण्ड आरोपीको बायाँ खुट्टामा लागेको छ ।

उनलाई उपचारको लागी प्रादेशिक अस्पताल भरतपुरमा भर्ना गरिएको छ ।
आरोपीको साथबाट १२० ग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले जानकारी दिए ।