सरकारसँग बार्ता गर्न प्रसाईंले बनाए ३ सदस्यीय टोली

काठमाडौं । सरकारसँग बार्ता गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंले टोली बनाएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको हो ।


महाअभियानका केन्द्रिय सचिव प्रेमदीप लिम्बुलाई बाता समितिको संयोजक तोकिएको छ । टोलीको सदस्यहरुमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् । प्रसाईंले विज्ञप्ती निकालेर समितिबारे जानकारी गराएका हुन् ।

प्रसाईं समुहले राखेको २७ बुँदे मागबारे पुस २ मा छलफल हुँदै छ । छलफल अघि तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरु बारे छलफल गर्न सरकारले आइतबार सञ्चारमन्त्री जगदीश खरेलको संयोकत्वमा आन्तरिक सहजीकरण तथा समास्या समाधान समिति गठन गरेको थियो ।

मंसिर २२ मा प्रसाईंले प्रधानमन्त्री सुशिला कार्कीसँग आफ्ना मागबारे ध्यानाकर्ष गराउँदै पहिलो चरणमा छलफल गरेका थिए ।