पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विराटनगरको काली मन्दिरमा पूजा अर्चना

Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरमा रहेको ऐतिहासिक काली मन्दिरमा पुगेर विशेष पूजा अर्चना गरेका छन्। केही समयदेखि झापाको दमकमा बस्दै आएका शाह शनिबार बिहान विराटनगर आइपुगेका थिए। काली मन्दिर पुगेका पूर्वराजालाई मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपालसहितका पदाधिकारीहरूले स्वागत गरेका थिए।

पूर्वराजाको आगमनसँगै मन्दिर परिसरमा समर्थक र सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। उपस्थित भीडले ‘जय श्री राम’ तथा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।

मन्दिरभित्र प्रवेश गरेपछि शाहले विधिअनुसार पूजा सम्पन्न गरेका थिए। पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारण गर्दै उनलाई पूजामा सहभागी गराएका थिए। करिब आधा घण्टा मन्दिरमा बिताएका उनले आरतीमा भाग लिँदै टीका र प्रसाद समेत ग्रहण गरेका थिए।