मन्त्री कुलमान घिसिङले दिए राजिनामा

काठमाडौं । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले राजिनामा दिएका छन् । उर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका घिसिङले बुधवार साँझ बालुवाटारमा पुगेर प्रधानमन्त्री सुशिला कार्कीलाई राजिनामा पत्र बुझाएका हुन् ।

जेनजी प्रदर्शनपछि भदौ ३० मा मन्त्री नियुक्त भएका घिसिङले हालको राजनीतिक परिस्थितीलाई मध्यनजर गर्दै राजिनामा दिएको बताएका छन् ।

प्रधानमन्त्रीलाई बुझाएको राजिनामा पत्रमा उनले भनेका छन्, ‘आफुले सम्हालेको मन्त्रालयहरु र त्यस मातहतका निकायमा सुशासन कायम गर्न, काम नगरी वर्षौंदेखी अलपत्र पारी विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न, देशको उर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधार, पूर्वधार विकास र जनताको जिवनस्तर उकास्ने उद्देश्यको साथ मैले आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु ।’