काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बिचमा भएको सहमति भंग भएको छ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंको मेयर बालेन साहबिच एक भएर अघि बढ्न सहमति भंग भएको जानकारी आएको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमा घिसिङले जानकारी दिए ।
शनिवार पत्रकार सम्मेलन गरेर घिसिङले भने, ‘एकता भंग भएको जानकारी पाएँ, म मर्माहत छु ।’ छोटो समयमै रास्वपाबाट बाहिरिनुपर्दा दुःख लागेको उल्लेख गर्दै घिसिङले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १६५ ठाउँमा नै उज्यालो नेपाल पार्टीले उम्मेद्वार उठाउने बताए । उनले भने, ‘उज्याले नेपालबाट १६५ स्थानमा नै साथिहरुले उम्मेद्वारी दिनुहुन्छ ।’
छोटो समय भएपनि देशरभ निर्वाचन अभियान चलाइने घिसिङले जानकारी दिए । रास्वपासँग सहमति भएको १२ दिनमै सहमति भंग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । उनले एकपटक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।





