मण्डिखाटार स्थित बालेनको घरमा चोरी, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताबालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरमा चोरी भएको छ । मण्डिखाटार स्थित उनको घरमा चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काल् खबरग्रामलाई बताए ।

माघ १४ पछि शुक्रवार साँझसम्मको समयमा घरमा कोही नभएको मौकामा आरोपीले चोरी गरेका हुन् । उनको घरको भित्रि ढोका फुटाएको देखेपछि साहको घर रेखदेख गर्ने नातेदारले प्रहरीलाई जानकारी गराएका हुन् ।

चोरले गेट ढोका फोडेर उनको घरबाट धाराको टुटी, ३ थान सिसिटिभी र डिभिआर डिभाईस चोरेको प्रहरीको प्रारम्भिक अनुुन्धानबाट थाहा भएको छ । घटना अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जका अनुसन्धान अधिकृतहरु खटिएका छन् ।

इन्स्पेक्टरको नेतृत्वमा समिति गठन गरेर आरोपीको खोजी भइरहेको एसएसपी खड्काले जानकारी दिए । झापां ५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् ।