काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले प्रमिला बरुवाललाई पक्राउ गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–३ घर भएर काठमाडौंको दक्षिणकाली बस्दै आएकी ४० वर्षीया बरुवालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले खबरग्रामलाई बताए ।
बरुवालले बेलायत पठाउँछु भनेर ७ जनाबाट ३२ लाख ३५ हजार असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
नागार्जुन नगरपालिका–३ स्थित हलचोकबाट जेठ २१ मा पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी आचार्यले जानकारी दिए ।






Leave a Reply