मिटरव्याजमा लगानी गरेर ५ करोड असुलेको आरोपमा कविराज कटुवाल पक्राउ

काठमाडौं । मिटरब्याजमा लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल छन् ।

कटुवाललाई मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले खबरग्रामलाई बताए । उनी बिरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एकजना युवकले कटुवाल बिरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा उनले १ करोड ४० लाख रकम आफुले लिएको र कटुवालले ४ करोड ८६ लाख असुलेको आरोप लगाएका छन् ।